Skip to main content

Game 8: Poem about Each Other

Today we played a game to write a poem about each other. We had altogether 4 participants (me, my wife, my elder sister, and my niece). We had to choose a partner to write about him/her, but we couldn't choose as per our will. So, we did P-A-S-S (a quick game to choose a partner). I got to write about my sister (Parbati) and vice versa, and my wife (Narayani) got to write about my niece (Aashriya) and vice versa. The rule was, the poem should be of atleast two verses, and it should describe major qualities of a person.


Radha Krishna Parajuli

मेरी दिदी

फाइनान्समा जागीरे हुन् गर्छिन् धेरै काम,
चक्रपथमा बस्छिन् उनी पार्वती हो नाम,
मोटो ज्यान होचो उचाई रूप गहूँ गोरी,
सून्दरताले भरिएकी प्यारी दिदी मेरी ।

हिल जुत्ता, जिन्सको प्यान्ट, फेसनेबल ड्रेसअप,
उमेर ढल्की गएपनि गर्छिन् केही मेकअप,
सबै सँग मिल्छिन् उनी सबलाई माया गर्छिन्,
मीठो बोली मुस्कान धरी सबको मन जित्छिन् ।

उमेरले त जेठी तर खेल्छिन् हामी सँग,
रच्छिन् गीत 'भाई' भन्दै सबलाई पारी दंग,
'दिदी' भनि मैले पनि गहिरेर सोचेँ,
विगतका माया सम्झी यही शब्द पोखेँ ।।

Parbati Nepal

मेरो भाई

भाई मेरो गोरे गोरे कति अग्लो भाको,
पढ्न पनि राम्रै राम्रै आई टि तिर गाको,
विदेश जान्न भनि कन यतै बसी पढ्यो,
भेजिटेरियन मेरो भाई कम्प्यूटरमा बढ्यो ।

लुगा लाउँछ सिम्पल सिम्पल नपरेको दुलो,
सानो फेमिली सानै जागीर तर मन छ ठूलो,
सिम्पल बाँच्ने सादा जीवन उच्च विचार उनको,
नाम चल्छ उदारणमा राधा कृष्ण इनको ।।



Aashriya Nepal

मेरी माईजू

पैलै देखी नभेटेको नाता हाम्रो नयाँ,
माइजू मेरो सारै राम्री सबलाई गर्छिन् माया,
मान्छे उनी दुब्ली दुब्ली अनि हल्का होचो,
आवाज उनको सारै मिठो मान्छे पनि सोझो ।

जाँगर भए जे नि गर्छिन् नत्र अल्छी मान्छिन्,
राम्रै काममा अघि बढ्छिन् नराम्रोलाई त्याग्छिन्,
फार्मेसी छ आफ्नै नामको सेवा गर्छिन् सबको,
सँधै रम्नु पर्छ भन्ने विचार उनको मनको ।।

Narayani Paudel

मेरी भान्जी

कपाल उनको छोटो छोटो मान्छे उनी गोरी,
राम्रो मान्छे साथी उनको बानी व्यहोर हेरी,
घुमफिर गर्न मनपराउँछिन् साथी भाई सँग,
क्यारीकेचर गरी उनले पारिदिन्छिन् दंग ।

मेरी भान्जी सबको प्यारी चुलबुले सानु,
भन्ने गर्छन् सबले उनलाई माया गरी नानु,
नाच्न गाउन मन पराउँछिन् पढाई पनि राम्रो,
मामा-माइजू सम्झी आउने प्यारी भान्जी हाम्रो ।।


Conducted On: July 30, 2021

Comments

Most Viewed Posts

Game 12: Poem about Each Other

Once I played a game with my neice (Aarshina) to write a poem about each other. The rule was, the poem should be of atleast a page (i.e. about 4 verses), and it should include major qualities of a person, and a good title should be given. Radha Krishna Parajuli मेरी प्यारी भान्जी will be added later Aarshina Dhital मेरो प्यारो मामा गर्मी बिदा मनाउन मामाघर आको, मामासँग खेल्न पाउँदा साह्रै मज्जा भाको । सम्मान अनि माया गर्ने मेरो मामा ज्ञानी, ठूलो विचार ठूलै सोचाइ मान्छे पनि जाती । ठिक्क ज्यान-हाइट भाको मेरो मामा राम्रो, सबैसँग राम्रो व्यवहार, प्यारो मामा हाम्रो । सबैसँग हाँसो मजाक गर्ने मेरो मामाको बानी, सबैजना घुम्न जाँदा मामा पनि जानी ।। Conducted On: Nov 11, 2017

TikTok 4: Dashain Aayo (Part 2)

This is the 4th video that went viral on TikTok. It had potential to cross million views on TikTok. But since our TikTok ID was losing reputation during that time (due to copyright issue on very old videos, which we removed later), it only reached thousands. Here, Y represents my wife, and M represents me. Dashain Aayo (Part 2) M: दसैँ आयो । Y: खाउँला पिउँला । M: मामाघर जाउँला । Y: चीची पापा खाउँला, पैसा थापी ल्याउँला । M: आफूभन्दा ठूलाको आशिष पाउँला । Y: Movie theatre जाउँला, वनारस घुमौँला, साथीभाई बोलाएर party गरौँला । M: आफ्नो औकात हेरौँला, सकेजति गरौँला, साग र ढिँडै भएपनि खाई बसौँला । Y: कपाल straight गरौँला, नयाँ कार चढौँला, पल्ला घरे झ्याउरीलाई फूर्ति देखाउँला । M: भाको पैसा उडाउँला, ऋणको बोझमा डुबौँला, खान लाउन नपुगेसी माग्न बसौँला । TikTok Link: Click Here...

Game 11: Bidesh ko Pida

Today, we composed a song about Israel-Hamas war where many people, including Nepalese, were trapped inside the bunker of one of the city of Israel. This describes how a person (Nepalese) might be feeling living inside a bunker with sad and terrified heart seeing his friends dying and being hit by a rifle. This is only a prediction from our side. The actual feeling of person in such case can't be described by anyone else, rather than the person himself. The title was: विदेशको पीडा: बङ्करका भावनाहरू It took us two days to complete this poem. Radha Krishna Parajuli विदेशको पीडा: बङ्करका भावनाहरू धन कमाउने सपना बोकेर, आयौँ हामी पिलेनमा चढेर, विदेशको यो गर्मी ठाउँमा, ऋणको पोको घरैमा छोडेर । दिन चल्थ्यो दुःखैसाथ भएनि, हातेमैलो जे जसो गरे नि, साथीभाई सोध्थे खोई डलर, फूल टिपेझैँ सजिलो काँ थ्यो र ! भर थिएन समय, न त बार, खट्नु ...