Skip to main content

Game 11: Bidesh ko Pida

Today, we composed a song about Israel-Hamas war where many people, including Nepalese, were trapped inside the bunker of one of the city of Israel. This describes how a person (Nepalese) might be feeling living inside a bunker with sad and terrified heart seeing his friends dying and being hit by a rifle. This is only a prediction from our side. The actual feeling of person in such case can't be described by anyone else, rather than the person himself. The title was: विदेशको पीडा: बङ्करका भावनाहरू
It took us two days to complete this poem.


Radha Krishna Parajuli

विदेशको पीडा: बङ्करका भावनाहरू

धन कमाउने सपना बोकेर,
आयौँ हामी पिलेनमा चढेर,
विदेशको यो गर्मी ठाउँमा,
ऋणको पोको घरैमा छोडेर ।

दिन चल्थ्यो दुःखैसाथ भएनि,
हातेमैलो जे जसो गरे नि,
साथीभाई सोध्थे खोई डलर,
फूल टिपेझैँ सजिलो काँ थ्यो र !

भर थिएन समय, न त बार,
खट्नु पर्थ्यो दस घण्टा लगातार,
खुट्टा पोल्थ्यो रातभरि भतभति,
सुत्नै गाह्रो, मन हुन्थ्यो छट्पटि ।

भोक तिर्खा बुझ्ने नै को थ्यो र,
अ‍ैया–आथा सुन्ने नै को थ्यो र,
सही सबै आफैँलाई सम्झाउँथेँ,
घरै जस्तो यहाँ के हुन्थ्यो र !

दुःख गरी दुई वर्ष बितेथ्यो,
जीवनशैली सहज बन्दैथ्यो,
गाउँको माया छाइरन्थ्यो मनभरि,
यो दशैँमा फर्किने धोको थ्यो ।

कमाए थेँ साहुको ऋण तिर्ने धन,
बुझाउनु थ्यो आमा र बा को मन,
भाई पनि दाई आउँछन् भन्दो हो,
हाँसी–खेली आउने दिन गन्दो हो ।

सामान किनी भरेथेँ झोला मा,
प्लेनको टिकट काटेथेँ बेलामा,
खुसी थिएँ घर जान्छु भनेर,
अर्कै रैछ भाग्य को खेला मा ।

आयो रकेट आकाशमा सरर,
काँप्यो मुटु, मन भयो थरर,
फाट्यो जमिन जोडको आवाजले,
पल्ट्यो घर बमैको बिस्फोट ले ।

सबैतिर मच्चियो हाहाकार,
होसै उड्यो, दिन भयो अन्धकार,
साथिभाई ले घिच्याउँदै लगेछन्,
साहस जुटाई बङ्करमा पसेछन् ।

होस आयो केही बेर पछि त,
देखेँ सब, मन भयो कंपित,
हरे शिव ! के दशा लागेको ?
आँखै सामु साथीलाई मारेको ।

छोप्या छन् मुख, बारूद छ साथैमा,
को होलान् ति, बन्दुक छ हातैमा,
ज्यानको धम्कि देखाउँछन् घरघरी,
बोली छैन, काँप्या छौँ थर्थरी ।

आवाज आउँछ ग्रीनेड र विस्फोट को,
रून्छन् सबै लास हेरी आफ्नो को,
पुकार्छन् कोई "हे इश्वर बचाइदेऊ,
युद्ध रोकी सबको मन बुझाइदेऊ" ।

अन्न–पानी केही छैन खानलाई,
बसेका छौँ बङ्करमा बाँच्नलाई,
सानो कोठा, सास फेर्न गाह्रो भो,
रून्छ यो मन, बुझाउनै साह्रो भो ।

घरको याद आउँदैछ झल्झली,
पुगेकै थ्यो, खाकै थ्यौँ पेटभरी,
धनी बन्ने आश ठूलो राखेछु,
पीडा को यो ओडारमा पसेछु ।

मन मेरो भैराछ चञ्चल,
छिनमै रात, छिनमै छ झलमल,
होस् मा छु या बेहोस् मा था छैन,
मर्ने–बाँच्ने केही टुङ्गो पाछैन ।

रगतको खोलामा डुब्या छु,
सास मात्रै फेरेर बाँच्या छु,
लाग्छ आश कोई आउला–बचाउला,
दुःख को यो घडी लाई पार लाउला ।।

"लाग्छ आश कोई आउला–बचाउला,
दुःख को यो घडी लाई पार लाउला ।।"



Narayani Paudel

विदेशको पीडा: बङ्करका भावनाहरू

आमा बाको इच्छा थियो सँगै रमाउने,
बुढेस् कालमा बनोस् छोरा लौरो समाउने ।

भने जस्तो जागिर पाइन गर्दा पनि डिग्री,
कम्पिटिसन धेरै थियो कति हिडेँ बिग्री ।

दुई-चार वर्ष पढ्छु आमा नमाने है पिर,
आफ्नै देशमा राम्रो गर्छु, बन्छु बलवीर ।

पढाई सकि आउँछु भनि लागेँ विदेश तिर,
नयाँ देश नौलो भाषा के जानेको थेँर ।

सोचे जस्तो छैन आमा सात समुन्द्र पारि,
खाने-बस्ने टुङ्गो छैन मन भाछ भारि ।

जस्तो सुकै काम पनि गर्नुपर्ने रैछ,
मेसिन सँग खट्न यहाँ धेरै गाह्रो भैछ ।

दुःखै गरि बितिराथ्यो जिवनको धन्दा,
राम्रो काम पाथेँ मैले साथीभाइको भन्दा ।

आठ घण्टा काममा जान्थेँ राम्रै हुन्थ्यो कमाई,
बाँकी टाइम पढ्न जान्थेँ साथी सँग रमाई ।

फोन आयो घर बाट नजिकियो चाड,
रूँदै भन्छिन् मेरी आमा नगरे है बाड ।

घर जाने निधो गरी सामान किन्न निस्केँ,
बम बारूद पड्क्यो नजिक आत्तिएर झस्केँ ।

भाग्दा भाग्दै आफ्नै जिउमा गोली लागी लडेँ,
हात खुट्टा चल्नै छोड्यो थचार्रेर बसेँ ।

जसो तसो साथी भाइले बङ्कर तिर ताने,
घण्टौँ पछि होसमा आएँ "जिउँदै रैछु" मानेँ ।

सानो बङ्कर खुल्ला ढोका बन्दुकधारी छिरे,
जिउँदो मान्छे देखेपछि बम छोडेर हिँडे ।

दुख्यो-पोल्यो भन्न पाईन सबै गुजुल्टियौँ,
५ सेकेण्ड मै बम पड्कियो मरे तुल्य भयौँ ।

भोक तिर्खा नभनेर बस्यौँ पिंजडामा,
बाँच्ने मर्ने छाडिदियौँ इश्वर भरोसामा ।

रगत बगाई भागीराछौँ कति दिन रूनि,
सबै भन्छन् आफ्नै देश फर्काइदिए हुनि ।

हार गुहार गरिराछिन् नेपालमा आमा,
मृत्यू सँग लडिराछन् कति साथी यहाँ ।

पिलेन आई अरू देशका लगे साथीभाई,
हाम्लाई पनि लैदे हुन्थ्यो लौन इश्वर जोगाई ।।

Aashriya Nepal

विदेशको पीडा: बङ्करका भावनाहरू

आँसु थियो आँखाभरि मनले नसहेर,
विछोडिएँ सबैसँग फर्कि आउँछु भनेर ।

आथेँ म नि धेरै टाढा धन कमाउने रहर,
सुन्दरता नि केहि थिएन बेग्लै थियो शहर ।

तातो घाम बढ्दो गर्मी शान्ति पनि मिलेन,
पैसा थियो एउटै आशा अरू केहि थिएन ।

ऋणको बोझ धेरै थियो घरमा पनि दुःख,
मनलाई बुझाई बस्थेँ भनि आउला अब सुख ।

दिनरात खट्दै थिएँ सबै ठिकै थियो,
ईजराइलको यो युद्दले ठुलै चोट दियो ।

कोइ आथे धन कमाउन कोइ पढ्ने मनले,
लुकी लुकी बसेका छौँ बङ्कर भित्र डरले ।

न त मुखले आहार पाछ बङ्करको बास,
जिउँदो शरिर एकैछिनमा हुने हो कि लास ।

आका थियौँ देशै छोडी केहि गर्छौँ भनि,
परिवारको बलियो खम्बा फर्क्यो लास बनि ।

कराउँदै भन्छौँ हामी नेपाल जान पाउँ,
आउँदैनथ्यौँ फर्कि यहाँ परदेश को ठाउँ ।

धुरूधुरू रून्छ यो मन बुझाउन साह्रो,
सानो कोठा, झ्याल न ढोका, सास फेर्न गाह्रो ।

थाहा छैन संघसँस्थाले केहि मद्दत गर्ला,
साथीभाइ झैँ बाकसमा फर्कि जान पर्ला ।

बाँचिन्छ कि मरिन्छ याँ छैन केहि भर,
परिवारलाई आफ्नो सन्तान गुमाउने डर ।।

सरकारले उद्धार गरि देखाइदिए बाटो,
स्वर्ग पुग्थेँ देख्न पाए आफ्नै देशको माटो ।।


Composed On: October 12, 2023

Comments

Most Viewed Posts

Game 12: Poem about Each Other

Once I played a game with my neice (Aarshina) to write a poem about each other. The rule was, the poem should be of atleast a page (i.e. about 4 verses), and it should include major qualities of a person, and a good title should be given. Radha Krishna Parajuli मेरी प्यारी भान्जी will be added later Aarshina Dhital मेरो प्यारो मामा गर्मी बिदा मनाउन मामाघर आको, मामासँग खेल्न पाउँदा साह्रै मज्जा भाको । सम्मान अनि माया गर्ने मेरो मामा ज्ञानी, ठूलो विचार ठूलै सोचाइ मान्छे पनि जाती । ठिक्क ज्यान-हाइट भाको मेरो मामा राम्रो, सबैसँग राम्रो व्यवहार, प्यारो मामा हाम्रो । सबैसँग हाँसो मजाक गर्ने मेरो मामाको बानी, सबैजना घुम्न जाँदा मामा पनि जानी ।। Conducted On: Nov 11, 2017

Game 10: Friendship Memories

Today we (me, and my niece) played a game to write a poem describing the time we spent with our best friend/s at any point in our life. The poem should describe how we met that friend, what things we did or do, and what is the condition now. The poem should be of atleast a page. The title was: Friendship Memories Radha Krishna Parajuli Friendship Memories Life is a mystery, we don't know where it goes, The memories it brings, the up and down it shows, Remind me of days, I got to meet a friend, I'm writing about it, as if it's a trend. Corner of the room, I was sitting in the last, The mind full of thoughts, and the pulses beating fast, Introduced myself with a random boy up there, With a hope in heart that the time plays me in fair. Happiness and affections, built with school friend, Wondering if su...

Game 0: Mero Pyaro Sathi

In class 12 (2010 A.D.), I played a poem-composing game (in a leisure class) with my best friend (Surya). The poem was to be about each other. That was the first time in my life I wrote poem formally. Radha Krishna Parajuli मेरो प्यारो साथी चना खान्छ सँधैभरि, घोडाको जस्तो चरित्र, केटि देख्नै हुँदैन, पार्छ तीन नेत्र । मान्छे हो कि भालु हो, छ अनुहार भरि जुँगा दाह्रि, साथी हो ऊ मेरो, नाम चाहिँ Surya Bhandari ।। मान्छे छ हिरो, ठाडो ठाडो कपाल, अग्लो र ज्याङ्गो, खेल्छ T.T. बबाल । काम छैन केहिपनि, हुन्छ always busy, छ उसको favorite facebook, बनाउँछ धेरै साथि ।। एउटी मात्र हैन, धेरै छन् girlfriend, जे जस्तै भएपनि, he is my best friend ।। 😂😂 At first I had only written 1st verse. It took about 20 minutes for us to complete it. When compared with his poem, we nearly died out of laugh. He had written only two lines. I think...