We played a game to write atleast 4 lined poem on certain topic. The topic was: नाच
Radha Krishna Parajuli
नाच
ढल्केको ढाल, छमछमी पाउजु, सुसज्जित शरीर,
ओठमा लाली, शिरमा धागो, हँसिलो मुहार,
गुन्यू र चोली, फरीया, अनि पटुकी कसेकी,
नाच्दामा लाग्छ आकाशबाट अप्सरा झरेकी ।
हेर्दा मा राम्रो नृत्य हो हाम्रो गाउँ या शहर,
संगीतका साथ हात–पाउ चाल्ने सबैको रहर,
दर्शकलाई आनन्द दिई आफूमै रमाउने,
नाच्नु मै एउटा रहेछ कला उमङ्ग दर्साउने ।।
Narayani Paudel
नाच
दौरा सुरूवाल काँधैमा गलबन्दी,
चौबन्दी र शिरैमा शिरबन्दी,
सारङ्गी र मादलको धुन मीठो,
तबला र खैजडीमा नाच्छन् ठिटो ।
ढाका टोपी शिरैमा ढल्काई,
नाच्ने गर्छन् कम्मर मर्काइ,
शान बेग्लै खुकुरी झल्काई,
पाउमा पाउजु छमछमी छम्काई ।।
Aashriya Nepal
नाच
धिन्ताङ् धिन्ताङ् मादलको तालमा नाचम् न छमछमी,
कम्मर मर्काइ, जिउ ज्यान ढल्काई रमाउँन रमरमी ।
खोला झैँ अब नरोकिकन नाचूँ र नचाऊँ,
उसै त महान हाम्रो यो नेपाल झन् अब्बल बनाऊँ ।
सँस्कृति हाम्रो पैलै देखिको नछोडौँ कहिल्यै,
गीत र मुस्कान मुखमा ल्याई नाचौँन अहिल्यै ।।
Conducted On: September, 2020
Comments
Post a Comment