We played a game to write a two-lined poem starting with particular word. We had to write a total of three poems. The words were: खोला, कथा, गीत


Radha Krishna Parajuli
खोला
खोला–नाला हिम–पाखा चारैतिर हरियाली,
फैलिए छ स्वतन्त्र भै मेची देखी महाकाली ।
कथा
कथामा त वर्णित होलान् शिव, कृष्ण, राम,
तर, बा–आमा नै ईश्वर हाम्रो, उनै परमधाम ।
गीत
गीत गाउन मलाई मन लाग्यो आज,
स्वर–भाका मिलाएर, तर लाग्यो लाज ।
Narayani Paudel
खोला
खोला नाला झरना राम्रो हेरूँ हेरूँ लाग्छ,
डाँडा–काँडा वन सब डुली डुली हिँड्छ ।
कथा
कथा छ मिठो मनको भावना,
त्यस्तै छ राम्रो कहानी सपना ।
गीत
गीत छ राम्रो संस्कृति हाम्रो,
हिमाल पहाड तराई छ राम्रो ।
Aashriya Nepal
खोला
खोला झैँ अब हामी पनि सलसली बगौँन,
नरोकि अब पाइला चाली अगाडि सरौँन ।
कथा
कथा छन् धेरै त्यस मध्य एक हो हात्ती र कमिला,
सोझो छ हेर हात्ती चैँ तर बाठो छ कमिला ।
गीत
गीत गुन्जिन्छ वरिपरि मन रमाइलो बनाइदिन्छ,
स्वर, भाका र लय मिलेको हुनुपर्छ सबै मान्छेले मन पराइदिन्छ ।
Conducted On: September, 2020
Comments
Post a Comment