Skip to main content

Game 3: Story Writing

We played a game to write a short story including specific words, and a worthy title should be given. Three words were imagined randomly by each of us. Altogether there were 9 words originally. Each word was assigned a number. And using random number generator, 6 words were selected. The resulted words were: घर, जंगल, बाघ, झगडा, बुढी, सपना. The rule was, these words could be kept anywhere (and in any order) in the story, and each word must be present atleast once in the story.



Radha Krishna Parajuli

रामेको सपना

घरमा बुढीसँग झगडा गर्दै राम एकाएक ढोका खोलेर बाहिर निस्क्यो । ऊ एकदमै रिसाएको थियो । जंगलको बीचमा घर भएकाले जाने ठाउँ कतै नपाएपछि ऊ त्यही जंगलतिरै अगाडि बढ्यो । रातको समय थियो । रामले आफूसँग केही लगेको थिएन । जंगली जनावर आउला र खाईदेला भन्ने पीर उसको मनमा थियो । तर घर गएर फेरी श्रीमतीको कचकच सुन्नुभन्दा बरू यहीँ बस्छु भन्ने उसलाई लाग्यो । त्यत्तीकैमा अगाडी उसले एउटा बाघ देख्यो । उसको हात–खुट्टा काँप्न लाग्यो । तैपनि हिम्मतका साथ ऊ भाग्न थाल्यो । डरले गर्दा ऊ राम्रोसँग कुद्न पनि सकेन । बाघले पछाडिबाट झम्टिएको उसलाई महसूस भयो । आत्तिएको राम त्यहीँ बेहोस भयो ।

केही समयपछि रामको आँखा खुल्यो । ऊ पसिनै पसिनाले भिजेको थियो । ऊ उठ्यो र आफ्नो मोबाइलको टर्च बाल्यो । ऊ त जंगलमा नभएर आफ्नै खाटमा पो रहेछ । तब उसलाई महसुस भयो कि :

"यो त सब सपना पो रहेछ !"



Narayani Paudel

छोरीको डर

एकादेशमा एउटा ठुलो घनाघोर जङ्गलको बिचमा एउटा घर थियो । त्यस घरमा बुढि आमा र उनकी छोरी मात्र बस्थिन् । त्यस जङ्गलमा डरलाग्दा जनावरहरू, जस्तै बाघ, भालु र सिंहहरूको एकदमै डर थियो । जङ्गलको बिचमा घर भएको कारण उनीहरू उज्यालो छँदै खाना खाएर सुत्ने गर्थे । यसरी नै उनीहरूको दिनचर्या चलिरहेको थियो । एक दिन बुढि आमाको छोरीले सपनामा धेरै डरलाग्दा र नराम्रा कुराहरू देखी । उसलाई दिनकादिन यस्तै नराम्रा सपना देखेका कारण त्यस घर छोडेर शहर जान मन लाग्यो र उसले आफ्नो आमालाई भनि । तर आमाले मानिनन् । र उनीहरू बीच झगडासम्म हुन पुग्यो । छोरीले सपनाका कुराहरू आमालाई भनेपछि आमाको आँखाबाट आँसु झर्‍यो । र उनीहरू घर छाडेर शहर पसे र त्यहाँ आनन्दले बसे ।

Aashriya Nepal

बुढीको डर

एकादेशमा दुइटा एकदमै मिल्ने साथीहरू थिए । उनीहरू सँधै एउटा ठूलो जङ्गलको बाटो हुँदै स्कुल जाने आउने गर्थे । उनीहरूको स्कूल अलि टाढा थियो । जङ्गलको बाटोको अन्त्यमा एउटा सानो घर थियो । त्यस घरमा एउटा बुढीआमा मात्र बस्थिन् । बुढी जैलै त्यै बाटो हिँड्ने भएकाले बुढीले उनीहरूलाई पनि चिन्थिन् । उनीहरू कहिलेकाहिँ बुढीकोमा बसेर पानी खान्थे अनि जान्थे । उनीहरू असल, सोझा र अनुशासित भएकाले बुढीले उनीहरूलाई आफ्नै छोरा जस्तै माया गर्थिन् । एक दिन बिहान उनीहरू स्कूल गए । बुढी त्यतिबेला कौसिमै सुति, बुढी भुसभुसी निदाई, निदाउँदा खेरि बुढीले एकदमै नराम्रो सपना देखी, के देखि भन्दा खेरि ती दुई साथी जङ्गलबाट गईराख्दा खेरि केही कुरामा उनीहरूको भनाभन हुन थाल्यो, उनीहरू एकदम ठूलोठूलो आवाजमा झगडा गर्न थाले । उनीहरू चिच्याउन थाले । अब जङ्गल त हो बाघ त हुनै सक्छ । उनीहरू धेरै ठूलो आवाजले कराउन थालेपछि कतै पर बाट बाघ आइसकेको एउटा केटाले देख्यो । उनीहरू भागे । बाघ एकदम नजिक आइपुग्यो । बाघले झम्टेको मात्र के थियो, बुढी बिउँझी । बुढी 'मेरो यो सपना साँचो त हुँदैन नि !' भन्दै आत्तिन थाली । बुढी कौसीमै ती दुई केटाहरूको इन्तजार गर्दै बसी । समयमै केटाहरू त्यै बाटो हिँड्दै आए । बुढी उनीहरूलाई देखेर खुसी भई र बुढीको मन आत्तिन छोड्यो ।


Conducted On: October, 2020

Comments

Most Viewed Posts

Game 12: Poem about Each Other

Once I played a game with my neice (Aarshina) to write a poem about each other. The rule was, the poem should be of atleast a page (i.e. about 4 verses), and it should include major qualities of a person, and a good title should be given. Radha Krishna Parajuli मेरी प्यारी भान्जी will be added later Aarshina Dhital मेरो प्यारो मामा गर्मी बिदा मनाउन मामाघर आको, मामासँग खेल्न पाउँदा साह्रै मज्जा भाको । सम्मान अनि माया गर्ने मेरो मामा ज्ञानी, ठूलो विचार ठूलै सोचाइ मान्छे पनि जाती । ठिक्क ज्यान-हाइट भाको मेरो मामा राम्रो, सबैसँग राम्रो व्यवहार, प्यारो मामा हाम्रो । सबैसँग हाँसो मजाक गर्ने मेरो मामाको बानी, सबैजना घुम्न जाँदा मामा पनि जानी ।। Conducted On: Nov 11, 2017

Game 10: Friendship Memories

Today we (me, and my niece) played a game to write a poem describing the time we spent with our best friend/s at any point in our life. The poem should describe how we met that friend, what things we did or do, and what is the condition now. The poem should be of atleast a page. The title was: Friendship Memories Radha Krishna Parajuli Friendship Memories Life is a mystery, we don't know where it goes, The memories it brings, the up and down it shows, Remind me of days, I got to meet a friend, I'm writing about it, as if it's a trend. Corner of the room, I was sitting in the last, The mind full of thoughts, and the pulses beating fast, Introduced myself with a random boy up there, With a hope in heart that the time plays me in fair. Happiness and affections, built with school friend, Wondering if su...

Game 0: Mero Pyaro Sathi

In class 12 (2010 A.D.), I played a poem-composing game (in a leisure class) with my best friend (Surya). The poem was to be about each other. That was the first time in my life I wrote poem formally. Radha Krishna Parajuli मेरो प्यारो साथी चना खान्छ सँधैभरि, घोडाको जस्तो चरित्र, केटि देख्नै हुँदैन, पार्छ तीन नेत्र । मान्छे हो कि भालु हो, छ अनुहार भरि जुँगा दाह्रि, साथी हो ऊ मेरो, नाम चाहिँ Surya Bhandari ।। मान्छे छ हिरो, ठाडो ठाडो कपाल, अग्लो र ज्याङ्गो, खेल्छ T.T. बबाल । काम छैन केहिपनि, हुन्छ always busy, छ उसको favorite facebook, बनाउँछ धेरै साथि ।। एउटी मात्र हैन, धेरै छन् girlfriend, जे जस्तै भएपनि, he is my best friend ।। 😂😂 At first I had only written 1st verse. It took about 20 minutes for us to complete it. When compared with his poem, we nearly died out of laugh. He had written only two lines. I think...